images
images
images

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । एसएसपी सानुराम भट्टराईको नेतृत्वमा थापाथलीस्थित कान्तिपुरको कार्यालयमा पुगेको प्रहरीको टोलीले सिरोहियालाई पक्राउ गरेको हो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पूर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

सिरोहियाले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर आफुलाई पक्राउ गरेको बताउदै कान्तिपुर यसबाट बिचलित नहुने बताएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्