images
images
images

मालपोतका सुब्बाविरुद्ध घुस लिएको भन्दै मुद्धा दायर

images

पूर्वाधार वाच, काठमाडौं।

कपिलवस्तु मालपोतका नायब सुब्बा नरहरी खनालविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा खनाललाई ३० हजार घुससहित नियन्त्रणमा लिइएको थियो।

अनुसन्धानको सिलसिलामा नायब सुब्बा खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग सो रकम लिएको पाइएको थियो ।

सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ‘१’ बमोजिमको कसुर भएकोले निजलाई ३० हजार बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा ‘१’ को देहाय ‘ख’ बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा ‘१’ अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्