पूर्वाधार वाच, मकवानपुर ।
थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड स्तरोन्नतिका लागि शुक्रबारदेखि एक महिनाको लागि बन्द हुने भएको छ ।
उक्त सडकको चन्द्रागिरि खण्डमा मोड सुधार, उकालो कम गर्ने, सडक चौडा गर्नेलगायतको मर्मत शुक्रबारदेखि सुरु हुने भएकाले असार २५ गतेसम्म दिउँसोको समयमा बाटो बन्द गरिने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सडक डिभिजन कार्यालय, काठमाडौंका इन्जिनियर रामकुमार श्रेष्ठले सडक सुधारका क्रममा सुरक्षालाई दृष्टिगत गरी एक महिनालाई सवारी आवागमन बन्द गर्न लागिएको जानकारी दिए । यो सडकखण्ड मर्मत गर्न रु तीन करोड ९३ लाखमा ठेक्का लागेको छ ।
उनले सडक मर्मतको समय बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म पूर्णरुपमा सडक बन्द गरिने बताए । थानकोट चित्लाङ सडकखण्ड सुधारका लागि गत वैशाखमा दुई भागमा ठेक्का लागेको थियो ।
ग्रेड उच्च रहेको र सडकको चौडाइ कम भएको खण्डमा कटिङ गर्ने, उकालो कम गर्नेलगायत काम गरिने इन्जिनियर श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले थानकोटऔचन्द्रागिरीऔचित्लाङ सडकको विकल्पमा फाखेल-सिस्नेरी- कान्तिराजपथ-त्रिभुवन राजपथ प्रयोग गर्न आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्