images
images
images

गुणस्तरहीन सडक जलमग्न, तत्काल भत्काएर बनाउन चन्द्रपुरका मेयरको निर्देशन

images

पूर्वाधार वाच, रौतहट । 

चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय काफ्लेले चन्द्रपुर नगरपालिका वाड नं. २ जुडिबेलाको मुख्य बाटोको कालोपत्रे काम गुणस्तरहीन भएको बताएका छन् ।

नगरप्रमुख काफ्लेले हाल गदै आएको सडकको काम गुणस्तरहीन भएको र सडकमा नै जलाशय बनेको कारण तुरुन्त सच्चाउन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । सडकको मापदण्ड अनुसार तोकिए बमोजिमको काम गर्न उनले निर्माण कम्पनीलाई सुझाव दिएका थिए ।

चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित जुडिवेलामा निर्माण कार्य भै रहेको कालोपत्रे सडकको बिहीबार स्थलगत निरीक्षण गर्दै उनले उक्त निर्देशन दिएका छन् । कालोपत्रे सडक मापदण्ड अनुसार नभएको र काममा लापरबाही भएको जनगुनासो आएपछि आफू स्थलगत निरीक्षणका लागि आएको उनले बताए ।

सडक कालोपत्रेको काम जुनसुकै निकायले गरेको काम भए पनि कमसल र झाराटारी नगर्न र गुणस्तरीय हुनुपर्नेमा उनले बताए । सडक मोटाइ नपुगेको, लेभलिङ नमिलेको, पानी परेको अवस्थामा समेत ठेकेदार कम्पनीले कालोपत्रे गरेको गुनासोका आधारमा आफू अनुगमनमा आएको  बताए ।

नगर प्रमुख काफ्लेले सडकको बेस निर्माणमा कमसल कच्चापदार्थ बढी मात्रामा प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको हुन सक्ने बताए । यद्यपि प्राविधिक तथा इन्जिनियरले यसको मुल्याङ्गन गर्नु पर्ने उनको तर्क छ ।

जुडिवेलाका अगुवा नेता प्यारो कार्कीका अनुसार कालोपत्रे सडकमा नै बर्षातको पानी जम्ने गरेको पाइएको छ । कालोपत्रे सडकबाट पानी नालामा नबग्नुले लापरबाही तरिकाले काम भएको आरोप लगाए । पटक पटक निर्माण कम्पनीका प्रतिनिधिहरूलाई सम्झाउँदा समेत बेवास्ता गरेको उनको आरोप छ ।

जुडिबेलाको प्रवेशद्वार देखी असनवा सम्मको मुल सडकको दाँया बाया नाला सहितको कालोपत्रे,नय बस्तीको सडक ढलान तथा गैडाटारको हाट बजार व्यवस्थापनको लागी ठेक्का लागेको थियो । सो ४ वटा योजना सम्पन्न गर्नको लागी १६ करोड १२ लाख २१ हजार ३ सय ६५ रुपैयाँको लागतमा विनायक /प्रजिल जेभि भक्तपुरले ठेक्का लिएको छ ।

सो ४ वटा योजनाको अनुमानित लागत २४ करोड ८८ लाख ४३ हजार ८८६ रहेको भएता पनि निर्माण कम्पनीले १६ करोड १२ लाख २१ हजार ३६५ रुपैयाँमा सकार गरेको छ । अहिले सोही अन्तर्गत जुडिवेला प्रवेशद्वारबाट कालो पत्रे सडक निर्माण कार्यले तीव्रता पाएको हो ।

दुई तर्फ नालाको काम सकिएको छ भने कालोपत्रेको काम पनि अन्तिम चरणमा पुगेको ठेकेदार निर्माण कम्पनीले जनाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनामा यो बसपार्क बन्न लागेको हो । ठेकेदार निर्माण कम्पनीले सो योजना आउँदो २०८१ असोज १५ गते भित्र निर्माण गरिसक्नुपर्ने छ ।

चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, नगरपालिकाका इन्जिनियर महेश वोहरा र पत्रकार लगायतले अनुगमन गरेका हुन् ।

अनुगमनमा पुगेको टोलीलाई स्थानीयले सडक निर्माणका क्रममा भएको त्रुटि वा कमीकमजोरीको बारेमा बताएका हुन् । चन्द्रपुर नगरपालिकाले सडक ढलान, कालोपत्रे तथा नाला निर्माणको काम पनि प्राथमिकता दिँदै आएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्