images
images
images

नयाँ दिल्ली पुगे प्रधानमन्त्री प्रचण्ड

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रधानमन्त्री पुष्‍पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली पुगेका छन् । आइतबार अपराह्न प्रधानमन्त्री दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।

उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली गएका हुन्। प्रधानमन्त्री दाहाललाई विमानस्थलमा विदेश मन्त्रालयका अधिकारी पी कुमारनले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहालसँगै कानुन मन्त्री पदम गिरी र दाहालकी छोरीसमेत रहेकी गंगा दाहाल पनि नयाँ दिल्ली पुगेकी छन्।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्