पूर्वाधार वाच, काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद् ‘नार्क’ले आँपको गुणस्तर कायम गर्नका लागि मध्य बिहान र बेलुकीपख आँप टिप्न सुझाव दिएको छ ।
नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन अनुसार धेरै बिहान आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य बिहान र बेलुकीपख मात्र टिप्न सुझाव दिइएको हो ।
नेपाली बजारमा हालको समय स्वदेशी उत्पादन आउने समय हो । आँपको फल टिप्दा चोटपटक लागेर हुने नोक्सानी न्यूनीकरण गर्न पोल हार्वेस्टरको प्रयोग गर्न समेत सो बुलेटिनमा सुझाव छ ।
फल टिपेलगत्तै सफा पानीले भेट्नोबाट आएको चोप सफा गर्न नार्कले भनेको छ ।
यस्तै, बगैँचामा रोग तथा कीरा लागेर झरेका आँपका दानाहरूबाट विभिन्न रोग तथा कीराहरू सर्ने सम्भावना हुने भएकोले झरेका दानाहरूलाई टिपेर नष्ट नार्कको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्