पूर्वाधार वाच, काठमाडौं ।
चिरख्वा हाइड्रोपावर लिमिटेडले आगामी असार २३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा क्वालिटी ब्यांकेट, बुद्धनगर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै, सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना सञ्चालको निर्वाचन हुनेछ ।
सभा प्रयोजनका लागि यसले असार १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्