पूर्वाधार वाच, काठमाडौं ।
भारतीय जनता पार्टी (बिजेपी)का अध्यक्ष जगतप्रकाश नड्डा (जेपी)ले प्रधानमन्त्री नरेन्द्र मोदीको क्याबिनेटमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
उनी प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा पनि स्वास्थ्य मन्त्री थिए । पछि बीजेपी अध्यक्षमा मनोनीत भएपछि उनी सरकारमा सहभागी थिएनन् ।
नड्डा हाल सांसद् भने छैनन् । उनलाई आगामी ६ महिनाभित्र सांसद् बनाउने गरी मोदीले क्याबिनेटमा तानेका हुन् । नड्डा प्रधानमन्त्री मोदीको गृह प्रदेश गुजरातका स्थायी बासिन्दा पनि हुन् ।
यस्तै माेदी क्याबिनेटमा रक्षा मन्त्री राजनाथ सिंह नै दोहोरिएका छन् । भने, विदेश मन्त्रालयमा पनि एस जयशंकर फर्किएका छन् । यता वित्त मन्त्रीको जिम्मेवारी निर्मला सितारमणले पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्