पूर्वाधार वाच, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाइडरहरू सहयोग स्वरूप प्रदान गरेको छ ।
नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा एक कार्यक्रम आयोजना गरी नेपाल बैंक लिमिटेडकोे तर्फबाट शाखा प्रबन्धक नारायण प्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल, प्रा।डा। ध्यानेन्द्र बहादुर राईसमक्ष सडक डिभाइडरहरू हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखाका कर्मचारी तारा राई लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्