images
images
images

साँफेबगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतसहित २९ दरबन्दी रिक्त, झण्डै आधा दशक निमित्तकै भरमा !

images

पूर्वाधार वाच, काठमाडौं ।

अछामको साँफेबगर नगरपालिकामा लामो समयदेखि महत्वपूर्ण पदको दरबन्दी रिक्त रहेको छ । कार्य व्यवस्थापनका दृष्टिकोणले महत्वपूर्ण मानिएका प्रमुख प्रशासकीय अधिकृत, प्रशासकीय अधिकृतसहित २९ पदहरु रिक्त रहेको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।

कूल ६६ दरबन्दी स्वीकृत रहेकोमा हाल ३७ जना कर्मचारीका पदपूर्ति भएको देखिएको महालेखाले उल्लेख गरेको छ ।

दरबन्दी बमोजिम जनशक्तिको पूर्णता नहुँदा विषयगत कार्यक्रम सञ्चालन, सेवा प्रवाह तथा पालिकाको समग्र कार्य सम्पादनमा असर परेको छ । जिल्लाको व्यापारिक केन्द्रका रुपमा समेत रहेकोे नगरपालिकामा ठूलो संख्यामा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

नगरपलिकाको प्रमुख प्रशासकीय संघीय सरकारबाट पठाउनुपर्ने व्यवस्था छ । उपसचिवस्तरको कर्मचारी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा तोकिएको हुन्छ । तर साँफेगबगर नगरपालिकामा झण्डै ५ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृत नै छैनन् । त्यहाँ सोही नगरपालिकाका स्थायी बासिन्दा समेत रहेका कमचारीले लामो समयदेखि निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।

वि.सं २०७७ साउन ४ गते नगरपालिकामा आएका लक्ष्मीप्रसाद शर्मा हालसम्म नगरपालिकाकाे निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा छन् । भने शर्मासँगै एकैदिन नगरपालिकामा हाजिर भएका लेखा प्रमुख सुदीपपराज बस्नेत समेत हालसम्म कार्यरत रहेको देखिन्छ ।

झण्डै ५ वर्षदेखि निमित्तका भरमा नगरपालिकाको प्रशासन सञ्चालन गर्नु नगरपालिकाको बाध्यता हो कि रहर ? त्यो भने बुझ्न नसकिएको स्थानीयहरु बताउँछन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ बमोजिम स्थानीय तहको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार र स्थानीय आवश्यकता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थानीय तहमा संगठन संरचना कायम हुने व्यवस्था छ ।

१४ वटा वडा रहेको यस नगरपालिकामा ३४ हजार ८५३ जनसंख्या रहेको छ । साँफेबगर नगरपालिकामा हाल राजेन्द्र बहादुर कुँवर नगर प्रमुख र शिवबहादुर कुँवर उपप्रमुख छन् ।

साँफेबगर नगरपालिकाको मिडिया खर्च साढे ५७ लाख, सम्झौता र प्रकाशन/प्रसारणको प्रमाण बिनै बिल भुक्तानी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्