images
images
images

तुर्माखाँदका जनप्रतिनिधिको सुविधामा आन्तरिक आयको ४८९ प्रतिशत बढी खर्च, हरेक महिना बुझ्छन् चाडपर्व भत्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

अछामको तुर्माखाँद गाउँपालिकाका पदाधिकारीको सेवा सुविधाबापत मासिक १० लाख १९ हजार ५०० रुपैयाँ भुक्तानी भएको छ । जस अनुसार वार्षिक १ करोड २२ लाख ३४ हजार रुपैयाँ खर्च भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

पालिकाका पदाधिकारीको उक्त खर्च पालिकाको आन्तरिक आयको ४८९ प्रतिशत रहेको समेत महालेखाले उल्लेख गरेको छ । जसमा पालिकाको मासिक बैठक भत्तामा मात्रै ४४ हजार रुपैयाँ भुक्तानी हुने गरेको छ ।

यातायात खर्च रु. ३६ हजार, टेलिफोन, मोबाइल खर्च रु. १ लाख १३ हजार, पुस्तक/पत्रपत्रिका, इन्टरनेटमा रु. १ लाख १५ हजार ५००, समन्वय तथा सहजीकरण शिर्षकमा रु.१ लाख ४८ हजार, अथिति सत्कारमा रु. ७५ हजार, खानेपानी/बिजुली/सरसफाईमा रु. ६२ हजार ५००, चाडपर्व खर्च रु. ३ खाल १० हजार ३०० रुपैयाँ हरेक महिना गाउँपालिकाले खर्च गर्ने गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

पालिकाले पेश गरेको आयव्ययको अनुमानमा आन्तरिक आयतर्फ मालपोत, कर, सेवा शुल्क, दस्तुर वापत अनुमानित रु. ३० लाख प्राप्त हुने प्रक्षेपण गरेकोमा आर्थिक वर्ष २०७९/८० मा रु २५ लाख १ हजार ४२७ अर्थात अनुमान भन्दा १७ प्रतिशतभन्दा कम आय प्राप्त गरेको छ।

पालिकाले आम्दानीका अन्य स्रोतको पहिचान गरी आयको अनुमान यर्थाथपरक बनाई आय आर्जन बृद्धि गर्नेतर्फ विशेष ध्यान दिएको समेत देखिँदैन ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले पालिकामा प्राप्त हुने आन्तरिक आयसमेतको व्यवस्थापन गर्न सक्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्