images
images
images

कोलोम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा

images

पूर्वाधार वाच, काठमाडौं ।

कोलोम्बिया जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । शनिबार बिहान सम्पन्न खेलमा कोलोम्बियाले कोस्टा रिकालाई ३-० गोल अन्तरले पराजित गर्दै समुह डी बाट क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

कोलोम्बियाको जितमा लुइस डियाज, डाभीन्सन सान्चेज र जोन कोरडोबाले एक एक गोल गरेका थिए । यो जितपछि कोलोम्बियाको २ खेलमा ६ अंक भएको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै कोस्टा रिकाको भने २ खेलमा एक अंक रहेको छ ।

अब समुह चरणको अन्तिम खेलमा कोलोम्बियाले जुलाई ३ मा ब्राजिलको सामना गर्ने छ । त्यस्तै सोहि दिन कोस्टा रिकाले पराग्वेको सामना गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्