पूर्वाधार वाच, पोखरा ।
नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा पुन: ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । सर्वोच्चबाट मुद्दा जितेर शुक्रबार संसद छिरेका देवकोटा पुन: मन्त्री नियुक्त भएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई फेरि मन्त्री नियुक्त गरेसँगैसपथ पनि लिइसकेका छन् ।
गत जेठ २८ गते माओवादीको निर्णयविपरीत सांसद देवकोटालाई मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिलाएको भोलिपल्टै मन्त्री नियुक्त भएका थिए । माओवादी चुनाव चिह्नबाट विजयी भई माओवादी संसदीय दलकै सदस्य भएर ह्वीप उल्लंघन गरेको भन्दै माओवादीले पदमुक्त गर्ने निर्णय गरेको थियो ।
माओवादीको निर्णयमा सभामुखले पदमुक्त गरेपछि त्यसको विरुद्धमा सर्वोच्चमा रिट लिएर गएका देवकोटालाई प्रदेश सभा सदस्यकै हैसियममा काम गर्न गर्न आदेश भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्