images
images
images

त्रिभुवन राजपथअन्तर्गत नौबिसे खण्ड अझै सञ्चालनमा आएन

images

पूर्वाधार वाच, काठमाडौं ।

पुल निर्माणको कामका लागि मंगलबार बिहान साढे ११ बजेदेखि बन्द गरिएको त्रिभुवन राजपथअन्तर्गत धादिङको नौबिसे खण्ड अझै सञ्चालनमा आएको छैन ।

धादिङको धुनिबेंसी नगरपालिका ७, नौबिसेस्थित त्रिभुवन राजपथमा रहेको पुल निर्माण गर्न भन्दै बिहान साढे ११ बजेदेखि सडक बन्द गरिएको थियो ।

सडक आयोजनाले काम गर्नका लागि साढे १ बजेसम्म सडक बन्द गर्नुपर्ने जनाएको थियो । तर काम सक्न अझै केही समय लाग्ने भएकाले सवारीसाधन सञ्चालनमा आउन नसकेको प्रहरीले जनाएको छ ।

संघीय राजधानी काठमाडौं प्रवेशको मुख्य नाकाका रुपमा रहेको सडक लामो समयदेखि अवरुद्ध हुँदा काठमाडौं भित्रने र बाहिरने सयौं सवारीसाधन र यात्रु बीचमै रोकिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्