images
images
images

प्रशिक्षक टेन ह्याग थप दुई वर्ष म्यानचेस्टर युनाइटेडमै रहने

images

पूर्वाधार वाच, काठमाडौं।

इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागसँग थप दुई बर्षको सम्झौता गरेको छ ।

क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक टेन ह्यागसँग जुन २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ । क्लबले टेन ह्यागलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो ।

क्लबसँग सम्झौता नवीकरण गरेपछि टेन ह्यागले आउदा दिनमा आफुले क्लबलाई थप ट्रफी दिलाउन प्रयास गर्ने बताए । उनले इङलिस र युरोपमा उपाधि जित्न धेरै मिहिनेत गर्नुपर्ने बताउदै मिलेर त्यो लक्ष्य पुरा गर्ने बताएका छन् ।

२०२२ को मे २३ मा नेदरल्याण्डसको क्लब आयाक्सबाट म्यानचेस्टर युनाइटेड आएका टेन ह्यागले ११४ खेलमा क्लबलाई ६६ जित र १७ बराबरी तथा ३१ हार बेहोरेका छन् ।

उनको नेतृत्वमा म्यानचेस्टर युनाइटेडले यस सिजनको एफए कप तथा २०२२-२३ मा इपिएल कप जिताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्