images
images
images

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द

images

फाइल तस्बिर

पूर्वाधार वाच, काठमाडौं ।

अविरल वर्षापछि तामाकोशी नदीको जलसतह बढ्दा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ ।

पानीको जलसतह २५० घनमिटरभन्दा माथि पुगेपछि उत्पादन बन्द गरिएको भन्ने सूचना प्राप्त भएको पत्रकार केसीले जानकारी दिए । शुक्रबार राति भने आयोजनाको जलसतह २८५ घनमिटरसम्म पुगेको उनले बताए ।

अहिले भने जलसतह घटेर २५० कै हाराहारीमा आएको उनको भनाई छ । अविरल वर्षा जारी रहेकोले तत्काल जलसतह नघट्ने संकेत देखिएको उनको भनाई छ ।

जलसतह घट्दै गएमा उत्पादन सुरु गर्न सकिने आयोजनाका कर्मचारीहरुको भनाई उदृत गर्दै केसीले बताए ।

त्यस्तै तामाकोशी नदीले अहिले गोंगरदेखि तल्लो क्षेत्रमा कटान तीव्र पारेको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको टेलरेस रहेको क्षेत्रमा पनि बाढीले कटान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्