images
images
images

बाढीका कारण वाग्मती करिडोरका सडक डुबानमा

images

पूर्वाधार वाच, काठमाडौं ।

शुक्रबार रातिदेखिको वर्षाका कारण काठमाडौं उपत्यकाको नदी तथा खोलाहरुमा जल सतह बढेको छ । वाग्मती, विष्णुमती, धोबिखोला, मनोहरा खोला, हनुमन्ते खोलामा जलसतहक बढ्दा किनारमा रहेका टहराहरु डुबानमा परेका छन् ।

उपत्यकाभरि हालसम्म कति घरटहरा डुबानमा परे भन्ने यकिन विवरण छैन । भक्तपुरमा मध्यपुर थिमी नगरपालिकास्थित दिव्येश्वरी प्लानिङनजिक मनोहरा खोलाले १८ वटा टहरा डुबानमा परेको छ ।

ती टहरामा बस्ने ५६ जनालाई सुरक्षित स्थानमा सारिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी राजन लिम्बुले जानकारी दिए । उनका अनुसार हनुमन्ते खोलाले राममन्दिर क्षेत्रमा पनि केही टहराहरु डुबानमा परेको छ ।

जलसतह बढ्ने क्रममा रहेकाले नदी किनारका बस्ती क्षेत्रमा सतर्कता अपनाइरहेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्