images
images
images

राप्ती नदीमा बेपत्ता दुवै जनाको शव फेला

images

पूर्वाधार वाच, दाङ ।

अविरल वर्षाको कारण राप्ती नदिमा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । दाङ जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षिय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो ।

उनी दुध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करीव ९:३० बजे सो नदिले बगाएको बताईएको छ ।

त्यस्तै सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षिय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते सो नदिले बगाई बेपत्ता भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्