पूर्वाधार वाच, भरतपुर ।
चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरोका कारण अवरुद्ध सडक अहिले एकतर्फी सञ्चालनमा रहेको र पन्छाइरहेका ठाउँमा पानी परिरहेको र लेदो खसिरहेकाले दुइतर्फी सडक खुलाउन हुन केही समय लाग्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्