पूर्वाधार वाच, मकवानपुर ।
मकवानपुरको कुलेखानी–सिस्नेरी खण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–३ टेक्करमा आज बिहान करिब ३ बजे गएको पहिरो पन्छाई एकतर्फी रुपमा यातायात सञ्चालन भइरहेका छन् ।
कुलेखानी–काठमाडौं–दक्षिणकाली खण्डस्थित इन्द्रसरोवर–३ मा पहिरो पन्छाएर अहिले एकतर्फी रुपमा यातायात सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरले जनाएको छ ।
यसैगरी त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्गलगायत भीमफेदी काठमाडौंतर्फ जोड्ने महालक्ष्मी खोलाबाट मातातीर्थ हुँदै काठमाडौं, कुलेखानी फाखेल हुँदै काठमाडौं, थानकोट–चित्लाङ हुँदै हेटौँडा र कान्तिलोकपथ हुँदै काठमाडौं जाने विभिन्न खण्डमा गएको पहिरा पन्छाएर आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्