images
images
images

समाजवादी मोर्चाले बनायो कार्यदल

images

पूर्वाधार वाच, काठमाडौं ।

आज बसेको समाजवादी मोर्चाको बैठकले आफ्ना आगामी रणनीति तय गर्न कार्यदल बनाएको छ ।

नेकपा एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा मंगलबार बसेको बैठकले चार सदस्यीय कार्यदल बनाएको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, नेकपाबाट विश्वकर्मा र नेसपाबाट गंगानारायण श्रेष्ठ रहेका छन् ।

कार्यदलले आगामी कार्यक्रमलगायतको खाका तयार गरेर १५ दिनभित्र आफ्नो प्रतिवेदन मोर्चामा बुझाउने छ । आजको बैठकले कांग्रेस–एमालेको गठबन्धनलाई ‘पश्चगमनको यात्रा’ भएको निष्कर्ष निकालेको विश्वकर्माले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्