images
images
images

३१ प्रतिशतले बढ्यो सप्तकोशी सिमेन्टको व्यापार, एक वर्ष २ अर्ब ३५ करोड कमाई

images

पूर्वाधार वाच, काठमाडौं ।

सप्तकोशी सिमेन्ट प्रालिले सन् २०२३ मा २ अर्ब ३५ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ३१.२१ प्रतिशत धेरै हो ।

सन् २०२२ मा यस कम्पनीले १ अर्ब ७९ करोड १० लाख र सन् २०२१ मा २ अर्ब १ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

सप्तकोशी सिमेन्ट २२ अप्रिल, सन् १९९६ मा स्थापित भएको थियो । कम्पनीको नाम नेसनल सिमेन्ट प्राइभेट लिमिटेडबाट परिवर्तन गरी सप्तकोशी सिमेन्ट प्राइभेट लिमिटेड राखिएको हो । यसको कटारी-४, विराटनगर, मोरङमा ग्राइन्डिङ प्लान्ट हो ।

यसले १ अर्ब १२ करोड रुपैयाँ कर्जाका लागि रेटिङ पुनः पुष्टि गराएको छ । जसमध्ये ११ करोड १० लाखका लागि ‘केयर एनपीबीबी, सर्ट ट्रम ६० करोड ८७ लाखका लागि ‘केयर एनपी ४ र लङ ट्रम र सर्ट ट्रम ४० करोड कर्जाका लागि ‘केयर एनपी बीबी र ए४’ रेटिङ पुनः पुष्टि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्