images
images
images
images

नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको समिति गठन

images

काठमाडौं । विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नालिस्ट एसोसिएसनको तदर्थ समिति गठन गरेको छ ।

काठमाडौंमा आज भएको भेलाले नेपाल टेलिभिजनका शिव पङ्गेनीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

images

एसोसिएसनको सदस्यमा कान्तिपुर टेलिभिजनका मुरारी घिमिरे, ग्लोबल टेलिभिजनका राजु थापा, न्युज एजेन्सी नेपालका देवानन्द शिल्पकार तथा भिडियो पत्रकारहरु निरनराज वाना, विनोद थापा, सुरेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, कुमार मानन्धर, विष्णु पन्थी र कृति पन्त रहेका छन् ।

तदर्थ समितिका संयोजक पङ्गेनीले नेपालभर व्यावसायिक रुपमा काम गर्ने भिडियो पत्रकारलाई सङ्गठित बनाई उनीहरुको पेसागत हकहित, अधिकार र व्यावसायिक सुरक्षाका लागि संस्था गठन गरिएको बताए ।

त्यस अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तले अहिलेको युग मल्टिमिडियाको भएकाले फोटो तथा भिडियो पत्रकारिताको क्षेत्रमा काम गर्ने सबै एकजुट हुन आवश्यक रहेको बताए ।

उनले भने, “भिडियो पत्रकारितामार्फत विश्वभरका सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्दै समाजलाई सुसूचित गराउँदै अघि बढ्न अनुरोध गर्दछु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्