images
images
images

बाबा टुटेश्वरनाथ मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने

images

पूर्वाधार वाच, जलेश्वर ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने बताएका छन्।

आज महोत्तरीको बर्दिवास नगरपालिका–५ मा अवस्थित बाबा टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजाअर्चना गर्दै उनले यहाँको पूर्वाधार विकास गरेर धार्मिक महत्वका पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।

उनले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा दर्शन तथा पूजाअर्चना मात्रले श्रद्धालु भक्तजनको भाकल तथा मनकामना पूरा हुने गरेको बताए।

महोत्तरीबाट पूर्वमा पर्ने पवित्र नदी कमला र पश्चिममा पर्ने वाग्मती नदीबाट जल ल्याइने मन्दिरमा चढाउने गरिन्छ। मुख्यमन्त्रीले बाबा टुटेश्वरनाथ मन्दिरको व्यापक रुपमा प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक विदेशी पर्यटक ल्याउन सकिनेमा जोड दिए।

उनले यस मन्दिर तथा बाबाको विकास विस्तार र प्रचारप्रसारले यस क्षेत्रकै अर्थतन्त्र मजबुत हुने तथा जीविकोपार्जनमा सहयोगी हुनेमा विश्वास व्यक्त गरे।

बाबा टुटेश्वरनाथको पूर्वाधार विकास र प्रचारप्रसारका लागि बर्दिवास नगरपालिकासँग समन्वय गरेर मधेस प्रदेश सरकार आवश्यक कदम चाल्न तत्पर एवं तयार रहेको मुख्यमन्त्री सिंहले प्रतिबद्धता प्रकट गरे।

बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले मुख्यमन्त्री सिंहलाई बाबा टुटेश्वरनाथको विशेष पूजाअर्चना गराउनुका साथै मन्दिर तथा बाबाको इतिहास र त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्