images
images
images

अख्तियारमा उजुरी परेपछि मेयरले फिर्ता गरे झण्डै ५ लाख रूपैयाँ

images

पूर्वाधार वाच, काठमाडौं ।

सिरहाको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि रकम फिर्ता गरेका छन्।

आर्थिक वर्ष २०७९र८० मा वडा नम्बर ८ प्रवाह टोलस्थित भगवती मन्दिर नजिकको रमन पोखरीमा घाट निर्माणका लागि पाँच लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो। चार लाख ८४ हजार सात सय ३० रूपैयाँमा बलराम पार्वती निर्माण सेवा सप्तरीले घाट निर्माण गरेको थियो।

घाट निर्माणका क्रममा मेयर मलाहले आवश्यक जग्गा नगरपालिकालाई हस्तान्तरण गर्ने मन्जुरनामा गरेका थिए। मन्जुरनामा गरेको जग्गा नगरपालिकाका नाममा हालसम्म आएको छैन। यसैबीच निजी पोखरीमा घाट निर्माण गरेको भन्दै अख्तियारमा उजुरी परेपछि प्रमुख महालले उक्त लागत खर्च नगरपालिकाको खातामा जम्मा गरेका हुन्।

उनले आइतबार ब्याजसहित पाँच लाख ५१ हजार रूपैयाँ नगरपालिकाको खातामा जम्मा गरेको नगरपालिकाका प्रशासन शाखा प्रमुख उमेशकुमार साहले जानकारी दिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्