images
images
images

बुटवल–पाल्पा सडकखण्ड भासिएपछि बुधबार राति बन्द गरेर निर्माण गरिँदै

images

पूर्वाधार वाच, बुटवल।

बुटवल–पाल्पा सडकखण्डको हिउँदे खोला नजिकै सडक भासिएपछि बुधबार राति बन्द गरेर मर्मत गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएपछि बुधबार राती ९ बजेदेखि अर्कोदिन बिहान ६ बजेसम्म सडक बन्द गरेर मर्मत गरिने भएको छ ।

उक्त स्थानमा झन्डै ६० मिटर सडक भासिएको छ । यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले एक हप्ता बढी सास्ती भोग्नु परेको थियो ।

अहिले सडक एकतर्फी मात्र संचालनमा रहेकोले बुधबार राती पूर्ण रुपमा सडक बन्द गरेर मर्मत गरिने जानकारी दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्