images
images
images

सब-इन्जिनियर थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ८० हजार कमिसन लिएको आरोप

images

पूर्वाधार वाच, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

थापाले सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपियाँ माग गरी उक्त कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई रकम लिन लगाएको भन्ने आरोप लागेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम तीन जनाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको घिमिरेले बताए ।

दोलखाको विगु गाउँपालिका वडा नं. ३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्नका लागि पूर्वाधार विकास कार्यालय, चौतारा, सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता गरी आर्थिक वर्ष २०८०/८१ मा योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सो रकम माग गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्