images
images
images

फेदीखोला हाईड्रोमा वाणिज्य बैंकले ऋण लगानी गर्ने

images

पूर्वाधार वाच, काठमाडौं ।

फेदीखोला हाईड्रो पावर कम्पनी प्रा.लि. र राष्ट्रिय बाणिज्य बैंकका विचमा फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे.वा. मा ऋण लगानीगर्ने सम्झौता २०८१ श्रावण १७ गते सम्पन्न भएको छ ।

सम्झौतामा राष्ट्रिय बाणिज्य बैंक लि. का तर्फबाट पुर्वाधार बैकिङ्ग विभाग प्रमुख दामोदर ज्ञावाली र कम्पनीका तर्फबाट प्रवन्ध सञचालक प्रकाश चन्द्र दुलालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गा.पा. वाडा नं. ६ मा निर्माण गरिरहेका फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मे।वा। मा रु। ५० करोड राष्ट्रिय बाणिज्य बैंकले ऋण लगानीगर्ने भएको छ ।

कुल लागत ९४ करोड रहेको यस आयोजनामा स्वपुँजी लगानी ४४ करोड गर्ने उल्लेख छ । कम्पनीका अनुसार यहि श्रावण महनिाको अन्त्यसम्ममा कम्पनीलाई प्रा.लि.बाट लि. मा परिवर्तन गरि स्वपँजीको ४४ करोड तिस प्रतिशत अर्थात् १३ करोड २० लाख आईपओ निश्कासन यहि आ।व। भित्रमा गरिने लक्ष रहेको छ ।

२०८२ असोज भित्र सम्पन्नहुने यस आयोनाको लागि आवस्यक सम्पुर्ण जग्गा खरिद, कन्ट्रकसन पावर जडान, पहँचमार्ग निमार्ण, गोदाम घर, आवस गृह आदीको निर्माण सम्पन्न भएको छ र सभिलि निमार्ण ठेक्का सम्झौता सम्पन्न भई अहिले सम्मकरिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्