images
images
images

स्पेन र फ्रान्स पेरिस ओलम्पिक फुटबलको फाइनलमा

images

पूर्वाधार वाच, काठमाडौं।

फ्रान्स र स्पेन जारी पेरिस ओलम्पिकको फुटबलको फाइनलमा पुगेका छन् । गएराती सम्पन्न सेमिफाइनलको खेलमा फ्रान्सले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो ।  अतिरिक समयमा फ्रान्सले २ गोल गरेपछि ३-१ गोलले विजयी भएको थियो ।

त्यस्तै अर्को सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अब स्वर्ण पदकका लागि फ्रान्स र स्पेन अगस्त ९ मा खेल्ने छन् भने ८ अगस्तमा काश्य पदकका लागि मोरक्को र इजिप्ट खेल्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्