पूर्वाधार वाच, काठमाडौं ।
शेयर कारोबार मापक नेप्से परिसूचक ६.७० अंकले बढेको छ । आज नेप्से परिसूचक २७६६.३८ विन्दूमा सीमित भएको हो । आज कुल ५ करोड ९ लाख ४६ हजार कित्ता शेयर किनबेच भएको छ । यस्तै २० अर्ब ७ करोड ४ लाख रूपैयाँको शेयर कारोबार भएको हो ।
कुल ७९ कम्पनीको शेयर मूल्य बढ्यो भने १५९ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमुह ४५३.८९ अंकले बढ्यो । यस्तै जलविद्युत् २९.८७ र व्यापार १८।२३ अंकले बढ्यो ।
घट्ने उपसमुहमा होटल तथा पर्यटन अघि रह्यो । होटल तथा पर्यटन ९५.६१ अंकले घटेको छ भने जिवन बिमा ४०.३०, विकास बैंक ३६.०७ अंकले घट्यो । कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट उद्योग, मिड सोलु हाइड्रोपावर, सोना मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको शेयर मूल्य १० प्रतिशतले बढ्यो ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले घट्यो । कारोबार रकमको आधारमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक अघि रह्यो ।
शिवम् सिमेन्टको १ अर्ब २० करोड ९० लाख रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ७ करोड ६२ लाख रुपैयाँको सयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्