images
images
images

पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।

आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा उनले प्राधिकरणमै पत्रकार सम्मेलन गर्न लागेका हुन् । दिउँसो साढे १ बजे हुन लागेको पत्रकार सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा आफ्नो धारणा राख्ने बताइएको छ ।

लेखा समितिले मागेको आधारमा बिहीबारमात्रै प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको करिब ५० हजार पेजको विवरण बुझाएको थियो ।

लेखा समितिले उद्योगले बिजुली प्रयोग गरेको प्रमाण मागेपछि प्राधिकरणले बिहीबार टीओडी डाटासहितको विवरण उपलब्ध गराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्