images
images
images

ईफाप्का महासचिव मेङ नेपालमा, निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग भेटवार्ता

images

पूर्वाधार वाच, काठमाडौं ।

एसिया प्रशान्त क्षेत्रका १८ देशका निर्माण व्यवसायीहरुको छाता संगठन ईफाप्काका महासचिव एनजी एक मेङ नेपाल आइपुगेका छन् । पाँच दिने भ्रमणका लागि ईफाप्का महासचिव मेङ नेपाल आइपुगेका हुन् ।

ईफाप्का सदस्य राष्ट्रका समस्यालाई सम्बोधन र सम्बन्ध बिस्तार गर्न नेपाल भ्रमणमा आएका महासचिवलाई नेपाल निर्माण व्यवसायी महासंघले सोमबार स्वागत गरेको छ ।

भेटवार्तामा सिंगापुरमा हुने ४७ औं ईफाप्काको सम्मेलनको तयारी, अन्तर्राष्ट्रियस्तरमै निर्माण उद्योगमा देखिएका विविध चुनौती र समाधानका उपाय, निर्माण क्षेत्रमा नेपाल र सिंगापुरबीच गर्न सकिने सहकार्य लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।
ईफाप्काका महासचिव मेङले नेपाल निर्माण व्यवसायी महासंघ ईफाप्काको महत्त्वपूर्ण सदस्य भएको बताए। उनले ईफाप्कामा १८ देशहरु सदस्यको रुपमा रहेको भन्दै सबै देशको निर्माण क्षेत्रका समस्या सुन्ने र सुधार गर्ने योजनाका साथ भ्रमण गरेको बताए। उनले सिंगापुर र नेपालको निर्माण क्षेत्रसँगको सहकार्यमा निर्माणसम्बन्धि तालिमको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन तयार रहेको बताए।

उनले नेपाल अल्पविकसित मुलुक भएकाले निर्माण क्षेत्र सुधार नयाँ प्रविधिको माध्यमबाट गर्न आवश्यक रहेको पनि बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्