images
images
images

बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने सडकमा भ्वाङ

images

पूर्वाधार वाच, काठमाडौं ।

ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेर सवारी आवागमन अवरुद्ध भएको छ ।

सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको सवारी आवागमन अवरुद्ध भएको ललितपुर प्रहरी प्रवक्ता (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । सडक भासिनुको कारण खुलेको छैन ।

हालै काठमाडौंको कमलादीस्थित न्यूप्लाजाको भवन नजिकको दुई लेन सडक २४ साउनमा भासिएपछि सवारी आवागमन अवरुद्ध छ । त्यो सडक निर्माण सम्पन्न हुन तीन महिना लाग्ने सडक विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्