पूर्वाधार वाच, काठमाडौं ।
उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती लगायतका नदीहरूमा पानीको बहाव बढाउनेबारे विज्ञहरूसँग छलफल गरेका छन् ।
उपप्रधानमन्त्री सिंहले बुधबार मन्त्रालयमा विज्ञहरूसँग छलफल गर्दै बाग्मती, विष्णुमतीलगायतका नदीहरुमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालिन र दीर्घकालीन योजनाका बारेमा राय लिएक हुन्। सिंहले मन्त्री भएदेखि नै उपत्यकाका नदीहरुलाई पुनर्जीवन दिने, काठमाडौं उपत्याकालाई स्वच्छ र सफा राख्ने, फोहोरमैला व्यवस्थापन गर्ने विषयमा चासो राख्दै समाधानका उपायबारे छलफल तीव्र पारेका छन् ।‘नदीमा पानी नबग्दा एकदम दुर्गन्ध फैलिइरहेको छ । पानी बगाइरहँदा केही कम हुन्छ की भनेर केही स्थानमा बोरिङ गरेर भए पनि नदीमा पानीको प्रवाह बढाउँदा राम्रो हुन्छ की भनेर सोाचिरहेका छौं,’ उपप्रधानमन्त्री सिंहले भने,‘ यसमा विज्ञहरूको सुझाव राम्रा सुझावहरू आएका छन् । आगामी दिनमा पनि तपाईंहरुसँग बसेर अरु कार्यक्रमहरू के के गर्न सकिन्छ गरौंला ।’
मन्त्रालयका सचिव मणिराम गेलालले तत्काल पानीको बहाव वृद्धि गर्न सुन्दरी जलदेखि टेकुसम्म केही स्थानमा बोरिङ गरेर पानी बगाउने, शंखमूलदेखि कुपण्डोलसम्म पानी जमाएर बोटिङ सञ्चालन गर्नेलगायतका विषयमा विज्ञहरूसँग राय लिइएको बताए।
सो क्रममा विज्ञहरूले सुख्खा याममा काठमाडौंका नदीहरूमा जलप्रवाह बढाउनका लागि प्राविधिक सम्भाव्यताका बारेमा आ–आफ्नो राय राखेका थिए। केहीले बोरिङ गरेर पानीको प्रवाह बढाउने विकल्प अल्पकालीन रूपमा प्रयोगमा ल्याउन सकिने धारणा राखेका थिए भने केहीले बोरिङ गर्दा त्यसले पार्ने प्रभावको मूल्यांकन गर्नुपर्ने बताएका थिए ।
पूर्वमन्त्री गणेश शाहले मन्त्रालयले उपत्यकाका नदीमा पानीको प्रवाह बढाउने, उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्नेलगायतका विषयमा विज्ञहरूसँग छलफल शुरु गर्नु सकारात्मक रहेको बताए । ‘अहिले भइरहेका भन्दा फरक तरिकाबाट काम गर्नेबारे सोचौं,’ उनले भने, ‘नदी सफाइ, फोहोर मैला व्यवस्थापनलगायतका विषयमा नागरिकलाई पनि सहभागी गराउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्