images
images
images

दोब्बरले बढ्याे चन्द्रागिरी हिल्सको नाफा

images

पूर्वाधार वाच, काठमाडौं ।

चन्द्रागिरी हिल्सको नाफा दोब्बरले बढेको छ। गत आर्थिक वर्ष २०८०–८१ मा कम्पनीले २२ करोड ३३ लाख रूपैयाँ नाफा कमाएको हो। यसअघि कम्पनीको नाफा ११ करोड २० लाख रूपैयाँ थियो।

कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी ९१ करोड रूपैयाँबाट बढेर एक अर्ब रूपैयाँ पुगेको छ। कम्पनीको सेवा बिक्री खर्च सामान्य घटेकोले कुल आम्दानी ७९ करोडबाट बढेर ८७ करोड पुगेको छ।

कम्पनीको अन्य आम्दानी भने केही घटेको छ। कम्पनीको प्रतिसेयर आम्दानी सात रूपैयाँ ३० पैसाबाट बढेर १४ रूपैयाँ ५६ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ ९५ रूपैयाँ ३९ पैसा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्