पूर्वाधार वाच, काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीका निमित्त आयोजना प्रमुख इन्जिनियर मनबहादुर परियार सम्मानित भएका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा सञ्चालित वार्षिक कार्यक्रमको कार्यान्वयन, आयोजनाको समग्र व्यवस्थापन, बेरुजु फर्छ्यौट एवं आन्तरिक व्यवस्थापन सुधारमा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै निमित्त आयोजना प्रमुख परियारलाई सम्मान गरेको विभागले जनाएको छ ।
आयोजना प्रमुख इन्जिनियर परियारलाई उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, मन्त्रालयका सचिव मणिराम गेलाल र शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक कुमारप्रसाद घिमिरे बधाईसहित प्रशंसा पत्र प्रदान गरेका छन् ।
सुदूरपश्चिममा सरुवा भएको छोटो समयमा अछामस्थित पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोकेको अछामस्थित मंगलसेन दरबार लगायतमा देखिएको लोभलाग्दो प्रगतिबाट स्थानीय नागरिकबाट समेत निमित्त आयोजना प्रमुख परियारले प्रशंसा बटुलिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्