images
images
images

कुन फाइल कहाँ अड्किएको छ २४ घण्टाभित्र छिनोफानो गर्नू : मन्त्री पाण्डे

images

पूर्वाधार वाच, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायलाई आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन्।

बुधबार संस्कृति महाशाखाअन्तर्गतका निकायका पदाधिकारीसँग छलफल गर्दै उनले भने, ‘मन्त्रालयमा कुन फाइल कहाँ अड्किएको छ त्यसको २४ घण्टाभित्र छिनोफानो गर्नुहोला।’

असोज महिनाभित्र प्रत्येक निकायले कार्यप्रगति विवरण पेश गर्न कर्मचारीलाई मन्त्री पाण्डेको निर्देशन छ। ‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला,’ उनले भने, ‘असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छौं रु गर्न सक्ने कार्यक्रमहरु के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नू ।’

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरी सोहीअनुसार अघि बढ्न समेत निर्देशन दिएका छन्। नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कर्मचारीले इमान्दारीपूर्वक व्यवसायिक धर्म निर्वाह नगर्दा काममा ढिलो हुने बताउँदै मन्त्री पाण्डेले नुनको सोझो गर्दै अनिवार्य रुपमा नतिजा दिने गरी काम गर्न आग्रह गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्