images
images
images

नेप्सेमा ५६ अंकको गिरावट, १० अर्बको कारोबार

images

पूर्वाधार वाच, काठमाडौं । 

नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ५६.१६ अंकले घटेर २६९३.४० विन्दुमा पुगेको छ । आइतबार ३३७ कम्पनीको कूल २ करोड ६० लाख ८४   हजार ८८ कित्ता शेयर १ लाख २९ हजार ७९३ पटक कारोबार हुँदा १० अर्ब ४४ करोड ४ लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज सुपर माई हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माई खोला हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ५२ करोड ३१  लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्री भएको छ भने आज सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता शेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्