पूर्वाधार वाच, काठमाडौं ।
इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३- गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा लुइस डियाजले २ तथा मोहमद सलाहले एक एक गोल गरेका थिए । यो जितपछि लिभरपुलले यस सिजनमा लगातार तीन खेलमा जित हासिल गर्दै ९ अंक बनाएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो दोस्रो हार हो । यो हारपछि म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्