images
images
images

पर्यटन विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं : मन्त्री पाण्डे 

images

पूर्वाधार वाच, काठमाडौं । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६ औं वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका हुन् ।

साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।’

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र प्रभावकारी हुनु पर्नेमा जोड दिए । उनले उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी  पर्यटकहरू भित्र्याउन सकिने गरी विश्वास दिलाउनु पर्ने बताए ।

मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको बताए। उनले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्ट्याउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको बताए ।

फरक प्रसङ्गमा बोल्दै मन्त्री पाण्डेले वर्तमान सरकार  ०८४ सम्मै जारी रहने विश्वास व्यक्त गरे।  उनले थपे, ‘यो सरकार ८४ सम्म नै रहन्छ । सरकारलाई स्थायी रूपमा लिन चाहन्छौं। आवश्यकता अनुसार अन्य दलहरूलाई समेत साथमा लिन सकिन्छ’, उनले भने, ‘०८४ को चुनावमा एमाले र कांग्रेसबीच प्रतिस्पर्धा हुने  तर कांग्रेस एमाले मिलेर आवश्यकता अनुसार जोखिम मल्न पनि चाहान्छौं।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्