पूर्वाधार वाच, काठमाडौं ।
शहरी विकास मन्त्रालयको यस वर्षकाे ‘वर्ष उत्कृष्ट कर्मचारी’को सम्मान विवश जसराजले पाएका छन् । निजामती सेवा दिवसको पूर्व सन्ध्यामा बुधबार मन्त्रालयका सहसचिव पद्मप्रसाद मैनालीले जसराजलाई प्रमाणपत्रसहित वर्ष उत्कृष्ट कर्मचारी उपाधिबाट सम्मान गरेका हुन् ।
हरेक वर्ष सरकारी निकायहरूले निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गर्ने प्रचलन छ ।
हिन्दु नारीहरूको महान् धार्मिक पर्व हरितालिका तिजको अवसरमा मन्त्रालयका महिला कर्मचारीहरूसहित शुभकामना आदान प्रदान कार्यक्रम समेत गरेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्