images
images
images

तत्कालीन वडाध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

images

पूर्वाधार वाच, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडाध्यक्ष ओमप्रकाश तेलीसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गलत लिखतका आधारमा जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले पाल्हीनन्दन गाउँपालिका–५ तत्कालीन वडाध्यक्ष तेलीसहित तत्कालनि वडा सदस्य नरेशप्रसाद बढई, सोही वडामा बस्ने रविकुमार खत्री, मजिद जोलाहा, पुर्नमासी अहिर, प्रेमसागर चौधरी, बृज भुषण नाथ योगी, नारद कुर्मी, कपिल देव कुर्मी, राधेश्याम बनिया, पशुपति बनिया, सोमै कहार, भगौती चमार, सेतवाध यादव, रमेश सहानी, संघर्ष कुमार खत्री र हरिशंकर बनियाविरुद्ध मुद्दा दायर गरेको छ ।

गैर–नेपाली नागरिकलाई गलत लिखतका आधारमा नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा उनीहरु दोषी देखिएको अख्तियारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्