images
images
images

वाक नेपालमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा कुँवर सर्वसम्मत

images

पूर्वाधार वाच, काठमाडौं ।

पहुँच र सृजनाका लागि सहकार्य नेपाल (वाक)को अध्यक्षमा मिनबहादुर कुँवर निर्वाचित भएका छन् । मंगलबार अछामको साँफेबगरमा सम्पन्न संस्थाको दशौं अधिवेशन एवं २७ औं वार्षिक सभाले कुँवरलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

कुँवरले यसअघि पनि वाक नेपालको नेतृत्व सम्हालिसकेका छन् । संस्थाको उपाध्यक्षमा अप्सरा कुँवर, महासचिवमा सुशीला बोगटी, सचिवमा सुरत खड्का, कोषाध्यक्षमा छत्रमान ताम्राकार, सदस्यमा बलबहादुर केसी र ममिन मिया चयन भएका छन् ।

अधिवेशन कार्यक्रमको उद्घाटन पूर्व उपप्रधान एवं रक्षा तथा गृहमन्त्री भिम रावलले गरेका थिए । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति समेत प्रस्तुत गरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्