images
images
images

सौर्य ऊर्जाको विकास र उत्पादनमा प्रजातान्त्रीकरण आवश्यक : मोदी

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सौर्य ऊर्जाको विकास र उत्पादनलाई प्रजातान्त्रीकरण गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सौर्य महोत्सवको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विकासशील मुलुकलाई सहयोग गर्नका लागि पनि सौयै ऊर्जाको प्रजातान्त्रीकरण हुनुपर्ने उल्लेख गरेका हुन् ।

अन्तर्राष्ट्रिय सौर्य साझेदारीले आयोजना गरेको सम्मेलनले कार्बन तटस्थ भविष्यका लागि सौर्य ऊर्जाको महत्वलाई प्रकाश पार्ने अपेक्षा गरिएको छ । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले विश्वमा हरित ऊर्जाको लगानीमा असमानता रहेको बताउँदै यसको सम्बोधन आवश्यक रहेको बताए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले सौर्य तथा हरित ऊर्जाको विकासमा विकासशील र अतिकम विकसित मुलुकलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए ।

सम्मेलनमा भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद जोशीले हरित ऊर्जा पहलमा भारतको सदैव साथ रहने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्