images
images
images

दक्षिण कोरियामा माछा मार्ने डुंगा पल्टिँदा ३ जनाको मृत्यु

images

पूर्वाधार वाच, काठमाडौं ।

दक्षिण कोरियाको पश्चिमी तटमा माछा मार्ने डुंगा पल्टिँदा तीन जना नाविकको मृत्यु भएको छ । ३५ टन वजनको माछा मार्ने जहाज पश्चिमी बन्दरगाह शहर गुन्सानमा पल्टिएको थियो ।

दुर्घटनाग्रस्त जहाजमा सवार सबै आठ नाविकको उद्धार गरिएको थियो । तर एक कप्तान सहित तीन जनाको हृदयघातका कारण अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

तीन भियतनामी र दुई इण्डोनेसियालीसहित बाँकी पाँच नाविकहरूको स्वास्थ्य समस्या नभएको बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले दुर्घटनाको रिपोर्ट प्राप्त गरेपछि तत्कालै महासागर तथा मत्स्यपालन मन्त्री र तटरक्षक प्रमुखलाई सबै उपलब्ध कर्मचारी र उपकरण परिचालन गरी उद्धार गर्न निर्देशन दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्