images
images
images

म्यानमारमा बाढीले ४७ हजार एकडभन्दा बढी बाली डुबायो

images

पूर्वाधार वाच, काठमाडौं ।

मध्य म्यानमारको नेपी ताव केन्द्र शासित प्रदेशमा आएको बाढीमा ४७ हजार एकडभन्दा बढी मनसुन बाली डुबानमा परेको छ । प्रतिवेदनका अनुसार यस सिजनमा केन्द्र शासित प्रदेशमा कुल ३ लाख ४५ हजार एकडमा मनसुन बाली खेती गरिएको थियो ।

तीमध्ये ४७ हजार एकडभन्दा बढी बाढीले डुबानमा परेको छ । बाढीले १७ हजार एकडभन्दा बढी बालीमा क्षति पु¥याएको र तीमध्ये ३ हजार ९ सय एकड पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनले जनाएको छ ।

कृषि, पशुपंक्षी तथा सिंचाई मन्त्रालयले क्षतिग्रस्त बाली पुनः खेती गर्न र क्षतिग्रस्त र बाढीले बालीमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्न लगायतका राहत कार्यहरू गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

यागी आँधी र बंगालको खाडीको मनसुनी प्रभावका कारण म्यानमारका धेरैजसो भूभाग, नेपी ताव केन्द्र शासित क्षेत्र लगायतका क्षेत्रमा ठूलो बाढी आएको छ । सेप्टेम्बर १४ सम्म बाढीले ११० भन्दा बढी व्यक्तिको मृत्यु र ६० भन्दा बढी बेपत्ता भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्