पूर्वाधार वाच, काठमाडौं ।
पूर्वी चीनको आन्हुइ प्रान्तको राजधानी हेफेइको फेइडोङ काउन्टीमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।
बुधवार बेलुका ८ बजेर ८ मिनेटमा चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको केन्द्र ३१.९८ डिग्री उत्तर अक्षांश र ११७.६० डिग्री पूर्वी देशान्तरमा रहेको थियो । भूकम्प १२ किलोमिटर गहिराइमा गएको सीईएनसीले जारी गरेको प्रतिवेदनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्