images
images
images

इरानको कोइला खानीमा विस्फोट, कम्तीमा ५१ जनाको मृत्यु

images

पूर्वाधार वाच, तेहरान ।

पूर्वी इरानको एक कोइला खानीमा भएको विस्फोटमा परेर कम्तीमा ५१ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चारमाध्यमले यो घटनाको पुष्टि गरेका छन् ।

खानीका दुईवटा ब्लकमा मिथेन ग्यास चुहिएर विस्फोट भएको बताइएको छ । यो खानी इरानको राजधानी तेहरानबाट करिब ५४० किलोमिटर टाढा थियो । विस्फोट स्थानीय समय अनुसार शनिबार राति ९ बजे तिर भएको थियो ।

‘विस्फोटको समयमा ब्लकमा ६९ जना कामदारहरू उपस्थित थिए,’ दक्षिणी खोरासानका गभर्नर जावेद गेनातजादेहले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्