images
images
images

अष्ट्रेलियाद्वारा नगद दर लक्ष्य यथावत

images

पूवाधार वाच, काठमाडौं ।

अष्ट्रेलियाको केन्द्रिय बैंकले मंगलवार नगद दर लक्ष्यलाई ४.३५ प्रतिशतमा अपरिवर्तित राखेको छ । देशको मुद्रास्फीति लक्ष्यभन्दा माथि रहेको र स्थिर सावित भइरहेको परिवर्तन नगरेको जनाएको हो ।

रिजर्व बैंक अफ अस्ट्रेलिया ‘आरबीए’को बोर्डले नगद दर लक्ष्यलाई ४.३५ प्रतिशतमा अपरिवर्तित राख्ने निर्णय गरेको छ ।

एक्सचेन्ज सेटलमेन्ट ब्यालेन्समा तिर्ने ब्याज दर ४.२५ प्रतिशतमा अपरिवर्तित रहने निर्णय गरेको छ । बोर्डले मुद्रास्फीतिलाई लक्ष्यमा फर्काउने आफ्नो संकल्पमा दृढ रहेको र त्यो नतिजा हासिल गर्न आवश्यक पर्ने काम गर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्