पूर्वाधार वाच, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम पहाडी क्षेत्रका लागि दिनुपर्ने बताएका छन् ।
जनता आवास र जनता सुरक्षा आवासका नाममा दिइने रकम तराईका क्षेत्रहरूका लागि नभई पहाडी क्षेत्रका लागि विनियोजन भएको भन्दै उनले पहाडलाई दिनुपर्ने बताएका हुन् । सरकारले सो रकम तराईमा ५० हजारदेखि दुई लाखसम्म दिने गरेको उनले उल्लेख गरे ।
सांसद चौधरीले सुस्तामा बिजुली बत्ती पुग्नुले समग्र विकासको ढोका खुलेको बताए । सुस्तामा झोलुङ्गे पुल प्रयोग गरी विद्युतीय लाइन समेत लगिएको छ । उनले नेपालसँग भौतिक रूपले जोड्ने मात्रै नभई आर्थिक रूपले जोड्ने ढोका खोलेको बताए ।
उनले भने, ‘हरेक वर्ष जनता आवास र जनता सुरक्षा आवासका नाममा तराईका क्षेत्रहरूमा गरिने विनिमय बजेटहरू ५० हजार, दुई लाख दिनेकुरा पहाडका लागि तर्जुमा गरिएको योजना हो । हरेक वर्ष त्यो ल्याप्स हुने गर्दछ ।’
सांसद चौधरीले सुरजपुरा जलविद्युत आयोजना १५ मेगावाट क्षमताको भएपनि साढे ३ मेगावाट भन्दा बढी क्षमतामा नचलेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्